विश्व

विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिका सुपुर्दगी हुनसक्ने

काठमाडौं । विकिलिक्स वेबसाइटका संस्थापक जुलियन असान्ज अमेरिका सुपुर्दगी हुने भएका छन् ।

बेलायतको जेलमा रहेका उनलाई अमेरिका सुपुर्दगी गर्न बेलायती गृहमन्त्रीले स्वीकृति दिएकी हुन् । अमेरिकामा उनको मानव अधिकार सुरक्षित हुने देखिएको र उनलाई त्यहाँ उचित व्यवहार गरिने समेत वेलायती गृह मन्त्रालयले जनाएको वीवीसीले समाचार लेखेको छ ।

विकिलिक्सले सन् २०१० र २०११ मा इराक तथा अफगानिस्तानमा जारी युद्धबारे गोप्य दस्ताबेजहरू सार्वजनिक गरेको थियो । त्यस्तै, सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय चुनावका बेला समेत गोप्य इमेल सार्वजनिक गरेको थियो ।

सन् २०१९ मा उनलाई पक्राउ गरी बेलायतमा तारेखमा उपस्थित नभएको अभियोगमा दोषी ठहर गर्दै जेल चलान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *