विश्व

तमिलनाडुमा नवविवाहित जोडीको हत्या

एजेन्सी । भारतको तमिलनाडुमा एक नवविवाहित जोडीको हत्या भएको छ । राज्यको कुम्बकोनमनजिक सोमबार साँझ एक नवविवाहित अन्तरजातीय जोडीको हत्या भएको छ । 

प्रहरीका अनुसार ती महिला एक जना आफन्तसँगको सम्बन्धमा थिइन् तर उनले अर्कै पुरुषसँग विवाह गरिन् । पति अति पिछडिएको जातिको रहेको बताइन्छ । प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ ।

हत्या गरेको अभियोगमा महिलाका भाइ र आफन्तसहित दुई जना पुरुष पक्राउ परेका छन् ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *