काठमाडौं । युक्रेनमा जारी युद्धमा एक जना पूर्व ब्रिटिश सैनिक मारिएका छन् ।
गत महिना ब्रिटिश सेनाको जागिर छाडेका जोर्डन गेट्लीको पूर्वी युक्रेनको सेभेरोडोनेट्स्कमा मृत्यु भएको उनको परिवारले जनाएको छ ।
युक्रेनको पक्षमा लड्दालड्दै ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन् । यसअघि स्कट सिब्लीको गएको एप्रिलमा ज्यान गएको वीवीसीले समाचार लेखेको छ ।




