काठमाडौं । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेको एकसय दिन पुरा भएको छ ।
युद्ध शुरु भएको एकसयदिन पुरा भएको दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जित आफ्नै हुने बताएका छन् । एक भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले भनेका छन्।‘युक्रेनका सशस्त्र फौज समेत यहाँ छन्… हाम्रो देशका नागरिकहरू समेत यहाँ छन् । हामीले युद्धको प्रतिरोध अहिलेसम्म १०० दिन गरिसकेका छौँ । जित हाम्रो हुनेछ। युक्रेन जिन्दाबाद।’
यसअघि उनले बिहिबार मात्रै युक्रेनको २० प्रतिशत भूभाग रुसले कब्जा गरेको दाबी गरेका थिए ।




