विश्व

रुसी सेनाद्वारा युक्रेनको २० प्रतिशत भूभाग कब्जा

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको २० प्रतिशत भूभाग रुसी फौजहरूको नियन्त्रणमा पुगेको बताएका छन्।

लक्जमवर्गको संसद्लाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र मस्कोको हातमा पुगेको बताएको वीवीसीले जनाएको छ ।

जेलेन्स्कीका अनुसार त्यो बेल्जियम, लक्जम्बर्ग र द नेदरल्याण्ड्सको कुल क्षेत्रफलभन्दा धेरै हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *