विश्व

सोनिया गान्धीलाई कोभिड पोजेटिभ

नयाँ दिल्ली । भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीलाइ कोभिड पोजेटिभ भएको छ । कोभिड पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी छिन् । सोनियालाई कोभिड भएको पार्टीले पुष्टि गरेको छ । 

‘कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिड १९ भएको छ’, कंग्रेसका वरिष्ठ नेता तथा पार्टी प्रवक्ता रणदिप सिंह सुरजेवालाले भने ।
उनलाई हल्का ज्वरो र केही लक्षण देखिएको छ । 

बुधबार मात्र सम्पत्ति शुद्धीकरण मुद्धामा अध्यक्ष गान्धी र पार्टी नेता राहुल गान्धीलाई भ्रष्टाचारविरुद्धको निकाय इनफोर्समेन्ट डाइरेक्टोरेटले ८ जुनमा उपस्थित हुन आदेश दिएको थियो । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *