विश्व

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

काठमाडौं । श्रीलंकामा रणिल विक्रमासिंघे नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।

राष्ट्रपति गोताबाया राजपाक्षेले रणिललाई नयाँ प्रधानमन्त्रीको जिम्मा दिएका हुन् । यसअघि ५ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका विक्रमासिंघेले सरकार विरोधी भइरहेका प्रदर्शनको सामना गर्नुपर्ने अबस्था छ ।

सरकार विरोधी प्रदर्शन हिंसात्मक बनेपछि महिन्दा राजपाक्षेले प्रधानमन्त्रीले राजीनामा दिएर श्रीलंकाली नौसेनाको शरणमा पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *