विश्व

फलामे युगको कम्प्लेक्स टर्कीमा फेला पर्‍यो

काठमाडौं । टर्कीमा एउटा भूमिगत फलामे युगको कम्प्लेक्स फेला परेको छ । संरचना अस्तव्यस्त भएकाले पुरानो परिसरको पूर्णअध्ययन हुन केहि समय लाग्ने बताइएको छ । कम्प्लेक्समा पुरातत्वविद्हरूले पर्खालहरूमा दुर्लभ चट्टान कला चित्रहरू फेला पारेको बताएका छन् । ती तस्विरहरुले अश्शुर शैलीमा चित्रण गरिएका देवताहरूको जुलुस देखाउँछन् ।

यस क्षेत्रमा अश्शुरी प्रभुत्वको जानाकारी दिने अध्ययनका लेखक तथा सोसल साइन्स युनिभर्सिटी अफ अंकाराका सेलिम फेरुह अदालीले बताए । सन् २०१७ मा लुटेराहरूले यसलाई टर्कीको बासबुक गाउँमा दुई तले घरमुनि फेला पारेपछि पुरानो भूमिगत कम्प्लेक्स उत्खनन गरिएको थियो । विशेष लुटेराहरूले त्यसको खजनालाई निशाना बनाएका थिए । तर, उनीहरूको योजनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीले घटनाबारे एउटा पुरातात्विक संग्रालयलाई खबर गरे । हाल उक्त क्षेत्र टर्कीको संस्कृति र पर्यटन मन्त्रालयको कानूनी संरक्षणअन्तर्गत छ । अध्ययन एन्टिक्युटी जर्नलमा बुधबार गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *