काठमाडौं । श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजपक्ष र उनलाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि कर्फ्यू जारी गरिएको छ।
श्रीलङ्कामा आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए।
सोमवारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा ७ जनाको मृत्यु भइसकेको छ भने १९० जना घाइते भएका छन् ।




