विश्व

अफगानिस्तानमा बम बिस्फोट, १० जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको काबुलमा रहेको सुन्नी मस्जिदमा भएको विस्फोटनमा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ ।

यसअघि पनि एकसाताअघि भएको विस्फोटमा परेर एक दर्जनबढीको ज्यान गएको थियो ।

आजको घटनामा परी कम्तीमा १५ जना घाइते भएका छन् । तालिवानले सत्ता कब्जा गरेपछि शान्ति स्थापना हुने अपेक्षा गरिएको भएपनि हरेक साताको शुक्रबार विस्फोट हुने लागेको देखिएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *