विश्व

६ वर्षमुनिका बालबालिकालाई विद्यालय नपठाउन भारतीय अदालतको आदेश

काठमाडौं । भारतको सर्वोच्च अदालतले ६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन आदेश दिएको छ ।

न्यायाधीश सञ्जय किशन कौल र एमएम सुन्दरेशको इजलासले यस्तो आदेश दिएको हो । आदेशअनुसार अब कक्षा १ मा भर्ना हुने विद्यार्थीको उमेर ६ वर्ष हुनुपर्नेछ ।

कम उमेरमा विद्यालय पठाउनु बालबालिकाको मनोवैज्ञानिक स्वास्थ्यका लागि उचित नहुने अदालतको तर्क छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *