काठमाडौं । पञ्जाबमा आम आद्मी पार्टीको सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ ।
शनिबार घोषणा भएपनि कार्यान्वयन भने आगामी जुलाई १ देखि मात्र हुनेछ ।
भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई निशुल्क विजुली दिने घोषणा भएको हो ।
चुनावकै बेला आम आदमी पार्र्टीले प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने घोषणा गरेको थियो ।




