विश्व

रूसलाइ युक्रेनले युद्धमा यसरी हायलकायल वनायाे

काठमाण्डाैं । युद्धरत युक्रेनले रूसलाइ परास्त गर्न नया जुक्ति लगाएकाे छ।उसले युद्धमा ड्राेनकाे प्रयाेग गरेर रूसी सेनालाइ हायलकायल वनाएकाे तथ्य खुलेकाे छ।

युक्रेनको गैरनाफामूलक संस्था ‘कम ब्याक अलाइभ’ले रुसी आक्रमण विरुद्ध लड्ने मुलुकका सैनिकहरूलाई सहयोग गर्न गोलाबारुद, राइफल स्ट्यान्ड र रेडियो सङ्कलन गरिरहेको छ । उसले यसै साता युद्धमा भन्दा पनि साधारणतया युट्युब भिडिओका लागि प्रयोग हुने ‘२४ डीजेआई माभिक ३’ ड्रोन समेत डेलिभरी गर्‍यो ।
व्यवसायिक रुपमा प्रयोग हुने चार ओटा पङ्खा भएको ‘क्वाडकोप्टर’ देखि हवाईजहाजको जस्तो ‘फिक्स विङ’ भएको सैनिक मोडलका ड्रोनहरू युक्रेनका लागि महत्त्वपूर्ण रहेको कुरा प्रमाणित भइसकेको छ । जसले युक्रेनीको हतियारबद्ध प्रतिरक्षालाई बिशाल रुसी सैनिकको अगाडि राम्रो मौका सिर्जना गर्दछ ।

युद्धको प्रारम्भिक चरणमा एरोरोजभिज्का नामक सर्वसाधारणको ड्रोन टिमले देशको राजधानी किभ प्रवेश गरिरहेको सैन्य जत्थाबाट युक्रेनीको स्टललाई जोगाउन आफ्ना सैनिकलाई सघाएको थियो । रात्रिकालीन एम्बुसको समयमा मानवरहित ड्रोनले लामबद्ध सवारीको अगाडि सानो विस्फोटक वस्तु खसालेको उनीहरूलाई निशाना बनाएको थियो ।

यसका साथै उक्त टिमले किभ नजिकै रहेको विमानस्थल कब्जा गर्ने सुरुवाती रुस प्रयासलाई समेत विफल बनाउन सघाएको थियो । त्यसो त सन् १८४९ देखि नै मानवरहित विमानहरू युद्धमा प्रयोग हुँदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *