काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेका छन् ।
इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रियसभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे नयाँ प्रस्ताव अघि सारिएको हो ।
पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमद २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए ।




