काठमाडौं । भारत भ्रमणमा रहेका रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।
भारतका विदेश मन्त्री एस जयशंकरसँगको भेटवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभ्रोभले युक्रेनसँगको संकट समाधानका लागि भारतीय प्रधानमन्त्रीले महत्वपूर्ण भूमिका खेल्न सक्ने धारणा राखेका थिए ।




