काठमाडौं । हुथी विद्रोहीले साउदी अरबको तेल भण्डारण क्षेत्रमा आक्रमण गरेका छन् ।
साउदी अरबको जेद्दामा रहेको तेल भण्डारणलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरेको रोयटर्सले समाचार लेखेको छ ।
आक्रमणमा दुई वटा ट्यांकर नष्ट भएको भएपनि आगो नियन्त्रणमा लिएर कुनै ठूलो भौतिक क्षति भने हुन नपाएको बताइएको छ ।




