काठमाडौं । युक्रेनका राष्ट्रपतिलाई शरण दिन वेलायत तयार भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताएका हुन् ।
बेलायती प्रधानमन्त्रीका अनुसार जेलेन्स्की र उनको परिवारले बेलायतमा शरण लिने सम्भावनाबारे छलफल भएको समेत भएको थियो । तर राष्ट्रपति जेलेन्स्की भने देश छाड्न तयार छैनन् ।




