काठमाडौ.। रुसले फेरी युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
रुसी रक्षा मन्त्रालयका अनुसार सबैभन्दा नयाँ क्षेप्याष्त्र प्रहारबाट युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थल ध्वस्त पारेको दाबी गरेको छ ।
हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयको दाबी छ ।
यसअघि समेत रुसले यस्तै क्षेप्याष्त्र प्रहार गरेको थियो । जुन क्षेप्याष्त्रले पश्चिमा मुलुकले रुसविरुद्ध लड्नका लागि युक्रेनलाई दिएको हतियार ध्वस्त पारेको थियो ।




