काठमाडौं । रुसी सेनाले पहिलोपटक युक्रेनको हतियार भण्डारमा हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ ।
पश्चिमा मुलुकले युक्रेनलाई रुसविरुद्ध लड्न दिएको हतियार भण्डारमा रुसले आक्रमण गरेको हो ।
पश्चिमी युक्रेनमा रहेको एउटा ठूलो भूमिगत हतियार भण्डारलाई ध्वस्त पारेको रुसको दाबी छ । तर यसबारे युक्रेनले भने अध्ययन भइरहेको जनाएको छ ।
रुसले रोमानियासँगको सिमानाबाट १०० किलोमिटर मात्र दक्षिण–पश्चिम युक्रेनको गाउँ डेलियाटिनमा रहेको हतियार डिपोमा क्षेप्यास्त्र प्रहार भएको दाबी गर्दै भिडियो पोस्ट पनि गरेको छ।




