विश्व

अमेरिकी र चिनिया राष्ट्रपतिका बिचमा वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच कुराकानी भएको छ ।

दुई नेताका बिचमा युक्रेन र रुसबीचको जारी द्वन्द्वका बारेमा भिडियो कुराकानी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनलाई चिनियाँ राष्ट्रपति सिले रुस–यूक्रेन युद्ध अन्तरराष्ट्रिय समुदायकै चासोको विषय रहेको बताएका थिए ।

अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउने बारेमा समेत दुई नेताका बिचमा छलफल भएको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *