मुख्य समाचार

भियतनाममा दैनिक एक लाख ६३ हजार नयाँ कोरोना सङ्क्रमित

हनोई । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा एक लाख ६३ हजार १७४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

ती मध्ये एक लाख ६३ हजार १६५ जना आन्तरिक रूपमै सरेर सङ्क्रमित भएका हुन भने नौ जना मात्रै देश बाहिरबाट सङ्क्रमित भएका हुन । नयाँ सङ्क्रमितहरूको देशभरका ६२ ठाउँका रहेका छन् ।

कोरोनाभाइरसको महामारीको मुख्य केन्द्र भने राजधानी हनोई नै भएको छ । नयाँ सङ्क्रमित मध्ये २३ हजार ५७८ जना त हनोईमा मात्रै भेटिएका हुन । त्यसपछि दोस्रो धेरै सङ्क्रमित एनघे प्रान्तमा रहेका छन् । जहाँ पछिल्लो एक दिनमा नौ हजार ९८६ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार देशभरी अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ७३ लाख ६७ हजार ११२ पुगेको छ । ती मध्ये ४१ हजार ७४० जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी एसियाली यस मुलुकमा कुल सङ्क्रमित मध्ये ३८ लाख ६१ हजार ९५९ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् ।

देशभरी खोप अभियान तीव्र रुपमा चलाइएको र महामारी न्यूनीकरणका अन्य उपायहरू समेत अपनाइएको भएपनि सङ्क्रमितहरूको सङ्ख्या भने तीव्र रुपमा बढिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *