काठमाडौं । युक्रेनमा रुसले आक्रमण शुरु गरेपछि झण्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड पुगेका छन् ।
पोल्यान्डको सीमा सुरक्षा निकायका अनुसार पोल्याण्ड पुगेका झण्डै ५ लाख युक्रेनी नागरिक अन्यत्र गइसकेका छन् ।
बुधवार मात्र ६० हजार मानिसले सीमा पार गरेको सीमा सुरक्षा बलले जनाएको छ ।




