काठमाडौं । हेगस्थित अन्तर्राष्ट्रिय अदालतले युक्रेनमाथिको आक्रमण रोक्न रुसलाई आदेश दिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार अदालतले युद्ध रोक्न आदेश दिएको हो । ट्विटरमार्फत जेलेन्स्कीले रुसले युद्ध नरोके उसलाई नै समस्या पर्ने समेत दाबी गरेका छन् ।
रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको झण्डै दुईसाता बढि भइसकेको छ । युक्रेनका धेरैजसो शहर रुसी सेनाले कब्जा गरेका छन् ।




