विश्व

जापानमा शक्तिशाली भूकम्प

काठमाडौं । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

बुधबार राति ७ दशमलव ३ म्याग्नेच्युडको भूकम्प गएको हो । फुकुशिमा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण मियागी र फुकुशिमा प्रिफेक्चरमा १ मिटरसम्मको सुनामीको चेतावनी जारी गरिएको छ ।

भूकम्पको धक्का राजधानी टोकियोसम्म महशुस गरिएको थियो । भूकम्पपछि झन्डै २० लाख घरमा बिजुली अवरूद्ध भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *