काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले नेटोका सदस्य राष्ट्रमाथि हमला भएमा मात्रै प्रत्यक्ष हस्तक्षेप गर्ने बताएका छन् ।
युक्रेन नेटोको सदस्य नरहेको भन्दै उनले रुसले नेटोका कुनै पनि सदस्य राष्ट्र माथि हमला गरेको खण्डमा मात्र नेटोले प्रत्यक्ष रूपमा सैनिक हस्तक्षेप गर्ने उनले बताएका हुन् ।
उनले युक्रेनको सेनालाई प्रतिरक्षा सैनिक गठबन्धनका सदस्यहरूले सहेयागे पुर्याउँदै आएको दाबी समेत गरेका छन् ।




