विश्व

रुसी सैनिक आक्रमणमा युक्रेनमा अमेरिकी पत्रकारको मृत्यु

काठमाडौं । रुसी सेनाको आक्रमण परेर एक अमेरिकी पत्रकारको ज्यान गएको छ ।

अमेरिकी सञ्चारसंस्था सिएनएनले लेखेको समाचारअनुसार अवार्ड विजेता अमेरिकी पत्रकार व्रेन्ट रेनाउड रुसी सेनाको आक्रमणमा परेर मृत्यु भएको हो ।

अर्का एक पत्रकार घाइते भएको समाचारमा जनाइएको छ । युक्रेनको प्रहरीले मृत्यु भएका पत्रकार र अमेरिकी पासपोर्ट सार्वजनिक गरेको सिएनएनले लेखेको समाचारमा उल्लेख गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *