काठमाडौं । भ्रष्टाचारको आरोपमा पाकिस्तानका विपक्षी दलका नेता पक्राउ परेका छन् ।
पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल—एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर खानलाई पक्राउ गरेको हो ।
कराँचीबाट पक्राउ परेका उनलाई विमानमार्फत भागेर युएई हिड्न लागेका बेला नियन्त्रणमा लिइएको थियो ।




