काठमाडौं । प्राविधिक गडबडकिा कारण भारतीय क्षेप्यास्त्र पाकिस्तानमा खसेको छ ।
पाकिस्तानी सेनाले बिहीबार एउटा ध्वनिभन्दा तीव्र गतिमा उड्ने वस्तु भारतबाट पाकिस्तानमा आएको र आफ्नो भूमिमा खसेको दाबी गरेको थियो ।
भारतीय रक्षा मन्त्रालयले प्राविधिक गडबडीका कारण क्षेप्यास्त्र प्रहार भएको भन्दै भारत सरकारले उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ ।
भारतीय क्षेप्यास्त्र पाकिस्तानको भू–भागमा खसेपछि पाकिस्तानी सेनाले भारतको जवाफ मागेको छ ।




