विश्व

रुस र बेलारुसका राष्ट्रपतिका बिचमा शुक्रबार भेटवार्ता हुने

काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका राष्ट्रपतिसँग शुक्रबार भेटवार्ता गर्ने भएका छन् ।

पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो ।

रुसी राष्ट्रपतिका प्रवक्ता डिमित्री पेस्कोभले रुस र युक्रेनका बीचमा अहिले भइरहेको युद्ध रोक्ने विषयमा नै उनीहरूको भेटवार्ता केन्द्रीत हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *