विश्व

युद्धका कारण २० लाख युक्रेनी नागरिकले देश छाडे

काठमाडौं । रुसले गरेको आक्रमणपछि युक्रेनमा २० लाख नागरिकले मुलुक छाडेका छन् ।

दुई साताअघि देखि रुसले गरिरहेको आक्रमणका कारण २० लाख युक्रेनीले देश छाडेको सिएनएनले समाचार लेखेको छ । सिएनएनका अनुसार यो संख्या कुल जनसंख्याको ५ प्रतिशत हो ।

रुस र युक्रेनका बिचमा तिन चरणको वार्ता भएको भएपनि कुनै सहमति भने जुटिसकेको छैन । जसका कारण रुसी आक्रमण निरन्तर छ । युक्रेनले रुसी आक्रमणको प्रतिकार गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *