काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग नडराउने बताएका छन् ।
रुसले युक्रेनको राजधानी किभमाथि आक्रमण शुरु गरेका बेला राष्ट्रपति जेलेन्स्कीलेयुक्रेनलाई कसैले भंग गर्न नसक्ने समेत बताएका छन् ।
युरोपेली संसद्को विशेष बैठकलाई भिडिओमार्फत् सम्बोधन गर्दै उनले यूक्रेनले रूसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताए ।
उनले आफूले युद्ध नचाहेको तर यूक्रेनविरूद्ध हुने आक्रमणसँग डराएर नभाग्ने समेत बताएका छन् । युरोपियन युनियनको बैठकलाई अमेरिकी राष्ट्रप ितजो वाइडेनले समेत सम्बोधन गर्ने तय भएको छ ।




