विश्व

ब्राजिलका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीको उडाए मजाक

एजेन्सी । ब्राजिलका दक्षिणपन्थि राष्ट्रपति जैर बोल्सोनारोले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको मजाक उडाएका छन् ।

आइतबार एक पत्रकार सम्मेलनका क्रममा बोल्सोनारोले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको मजाक उडाउँदै भने- ‘युक्रेनका जनताले आफ्नो आशा एक हास्य कलाकारको हातमा राखे ।’ उनको सो भनाईको अहिले सर्वत्र विरोध भैरहेको छ ।

बोल्सोनारोले रुसी हमलाको निन्दा नगरी आफ्नो सरकार यस विषयमा तटस्थ रहेकोसमेत बताएका छन् । उनले ब्राजिल र रुस ‘सदावहार सम्बन्ध’ रहेको देश भनेका छन् ।

‘हामी कसैको पक्षमा उभिदैनौँ, हामी तटस्थ हो । हामी दुवै देशलाई हरसम्भव सहयोग गर्न चाहँन्छौँ ।’बोल्सोनारोले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *