विश्व

आईसीसी युक्रेन संकटबाट चिन्तित

एजेन्सी । रुसले पूर्ण मात्रामा आक्रमण गरेपछि युक्रेनमा भएका घटनाक्रमहरुप्रति आफू थप चिन्तित भएको अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)का अभियोजक करिम खानले शुक्रबार बताएका छन् ।

“मैले बढ्दो चिन्ताका साथ युक्रेन र वरपरका घटनाक्रमहरू नजिकबाट नियालेको छु,“ खानले एक विज्ञप्तिमार्फत बताए । “यो अत्यावश्यक छ कि द्वन्द्वका सबै पक्षहरूले अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत आफ्नो दायित्वहरूको सम्मान गर्दछ।“

आईसीसीले भन्याे “आफ्नो क्षेत्राधिकारको प्रयोग गर्न र १४ फेब्रुअरी २०१४ पछि युक्रेनको क्षेत्रमा भएको नरसंहार, मानवताविरुद्धको अपराध वा युद्ध अपराधको कुनै पनि कार्यको अनुसन्धान गर्न सक्छ“। उनले दुबै पक्षलाई चेतावनी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *