विश्व

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबिच कुराकानी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका बिचमा टेलिफोन वार्ता भएको छ ।

वार्ताका क्रममा रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि गरेको आक्रमणका बारेमा जानकारी दिएको भारतीय समाचार संख्या एएनआईले जनाएको छ । एएनआईका अनुसार भारतीय प्रधानमन्त्री मोदीले संवादबाट समस्याको समाधान गर्न आग्रह गरेको जनाइएको छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने मस्को पुगेरै पुटिनसँग भेटवार्ता गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *