काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेका बेला पाकिस्तानी प्रधानमन्त्री इमरान खान रुस पुगेका छन् ।
मस्कोमा पाकिस्तानी प्रधानमन्त्री खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका हुन् ।
युक्रेनसँगको सम्बन्ध र त्यसमा पाकिस्तानले खेल्ने भूमिकासँगै अन्तर्राष्ट्रिय ध्रुवीकरण लगायतका विषयमा छलफल भएको रोयटर्सले समाचार लेखेको छ ।




