विश्व

वेलायतमा कोरोना संक्रमित आइशोलेसनमा बस्न नपर्ने

काठमाडौं । बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबारदेखि हटाइने भएको छ ।

वेलायतमा कोरोना पुष्टि भएपनि आइशोलेसनमा बस्न नपर्ने भएको छ । वेलायती प्रधानमन्त्री बोरिस जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने जानकारी गराएका छन् ।

बेलायतले जनवरी देखि नै अनिवार्य मास्क लगाउने र सङ्क्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई यसअघि नै अन्त्य गरिसकेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *