विश्व

रुसले १९४५ यताकै ठुलो युद्धको योजना बनाएको बेलायती प्रधानमन्त्रीको दाबी

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रूसले युरोपमा सन् १९४५ पछिकै सबैभन्दा ठूलो युद्धको योजना बनाउँदै गरेको देखिएको बताएका छन् ।

विविसीसँगको एक अन्तर्वार्ताका क्रममा बेलायती प्रधानमन्त्री जोनसनले रूसले युक्रेनी राजधानी किभलाई घेराबन्दी गरी आक्रमण सुरु गर्न लागेको बताएका हुन् ।

अमेरिकी सरकारद्वारा अनुमानित पछिल्लो लागतअनुसार अहिले रुसको युक्रेनी सीमाना र बेलारुसमा गरी कुल करिब एक लाख ६९ हजारदेखि एक लाख ९० हजार रूसी फौज तैनाथ गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *