विश्व

युक्रेनको सिमामा रहेका रुसी सेना फिर्ता हुन थाले

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपमा युद्ध नचाहेको स्पष्ट पारेका छन् ।

युक्रेनको सिमामा रहेका रुसी सेना फिर्ता गर्ने निर्णय गरेपछि पुटिनले युद्ध नचाहेको स्पष्ट पारेका हुन् । रुसले सेना फिर्ता गर्न शुरु गरेको दाबी गरेको भएपनि पश्चिमा राष्ट्रले भने अहिलेसम्म सेना फिर्ता शुरु भएको विषयमा विश्वास नलागेको बताएको विविसीले समाचार लेखेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गर्न खोजेको भन्दै अमेरिकासहितका देशले आक्रमण नगनै चेतावनी दिदै आएका थिए । तर रुसी राष्ट्रपति पुटिनले भने आक्रमणको कुनै योजना नभएको बताउँदै आएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *