काठमाडौं । रुसले बेलारुससँग सैन्य अभ्यास सुरु गरेको छ । अभ्यासमा ३० हजार रूसी सेनाले भाग लिनेछन् ।
युक्रेनमाथि रुसले आक्रमण गर्न खोजेको आरोप लागेको बेला रुस र बेलारुसले बुधबारदेखि १० दिने संयुक्त सैन्य अभ्यास सुरु गरेका हुन् ।
सैन्य अभ्यासको उद्देश्य रक्षात्मक अपरेशन सञ्चालन गर्दै, आतंकवादको सामना गर्ने र संघ राज्यको हितको रक्षा गर्ने रहेको जनाइएको छ ।




