काठमाडौं । बेलायत सरकारले लागू गरेका कोरोना सम्बन्धी सबै प्रतिबन्धहरु हटाउने घोषणा गरेको छ ।
वेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधवार बेलायती संसदमा ती प्रतिबन्धहरु हटाइने घोषणा गरेको विविसीले समाचार लेखेको छ ।
फेब्रुअरीको अन्त्यमा बेलायतमा कोरानाभाइरसका प्रतिबन्धहरु हटाइने भन्दै उनले ओमिक्रान संक्रमणको अबस्था लगाएतका बारेमा विज्ञहरुको सुझावका आधारमा निर्णय लिएको समेत बताएका छन् ।




