विश्व

युक्रेन तनावका बिचमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भेटे रुसी राष्ट्रपति

काठमाडौं । फ्रान्सेली राष्ट्रपति एम्मानुअल म्याक्रोन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

युक्रेनमा जारी तनाव अन्त्य गर्न दुई देशका राष्ट्रपतिबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको हो ।

फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँगको भेटमा युरोपको सुरक्षा तथा स्थायित्वका बारेमा छलफल गरेको जनाइएको छ । पुटिनसँगको भेटवार्तापछि म्याक्रोन युक्रेनको राजधानी किभ पुगेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *