विश्व

क्यानडाको राजधानीमा संकटकालको घोषणा

काठमाडौं । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा भएको छ ।

कोरोनाको खोप लगाउनुपर्ने अनिवार्य नियमको विरोध गर्दै ट्रक चालकहरुले गरिरहेको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्न थालेपछि स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो ।

आन्दोलनकारी ट्रक चालकहरुले निरन्तर हर्न र साइरन बजाउने र पटाका पड्काउनेलगायतका क्रियाकलाप गरेर सहरवासीलाई आजित बनाएको बताइएको छ ।

चालकहरुले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरिरहेका छन् । जसका कारण यातायात सेवा नै अस्तव्यस्त भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *