काठमाडौं । बहुचर्चित भारतीय गायिका लता मंगेशकरको निधनपछि भारतले आइतबार र सोमबार दुई दिन राष्ट्रिय शोक मनाउने भएको छ ।
गायिका मंगेशकरको शोकमा भारतले राष्ट्रिय झण्डा दुई दिनसम्म आधा झुकाउने निर्णय गरेको छ ।
भारत रत्न पुरस्कारबाट सम्मानित मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो ।
मंगेशकरलाई कोरोना संक्रमण पुष्टि भएपछि जनवरीको सुरुवातमा अस्पताल भर्ना गरिएको थियो । ३६ भन्दा बढी भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेकी मंगेशकरले एउटा नेपाली गीत समेत गायकी थिइन् ।




