विश्व

४ दिनदेखि ३० मिटरको गहिराईमा फसेका ५ वर्षका बालकको यसरी हुँदैछ उद्धार

काठमाडौं । मोरक्कोमा एउटा खोँचमा ४ दिनदेखि फसिरहेको एक बालकको उद्धारको काम अन्तिम चरणमा पुगेको छ ।

४ दिनअघि खोँचमा फसेका ५ वर्षका रायन नामका बालकलाई उद्धार गर्न कैयौं उद्धारकर्ताहरु खटिएका छन् । उद्धारको प्रयास गर्दा बालक जिवितै रहेको देखिएपछि खोँचसम्म पुग्नका लागि स्काभेटर लगाएतका साधनको प्रयोग गरिएको छ ।

३० मिटर तल खोँचमा रहेका बालकको उद्धारका लागि दिनरात नभनी उद्धारकर्ताहरुले काम गरिरहेको सिएनएनले समाचार लेखेको छ । बालक जिवितै रहेको पाइएपछि पाइपमार्फत बालक रहेको स्थानमा खानेकुरा र अक्सिजनको व्यवस्था गरिएको छ भने उद्धारपछि थप उपचारका लागि हेलिकप्टर समेत व्यवस्था गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *