काठमाडौं । म्यानमारमा थप ६ महिनाको लागि आपतकालिन अवस्था घोषणा भएको छ ।
देशमा सैन्य कू लागू भएको एक वर्षे वार्षिकोत्सवको अवसरमा थप ६ महिना आपतकाल घोषणा गरिएको हो । म्यानमारको सेनाले सन् २०२१ फेब्रुअरीमा देशमा आपत्कालीन अवस्थाको घोषणा गरेको थियो ।
अमेरिका, बेलायत र क्यानडाले भने म्यानमारमाथि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् ।




