काठमाडौं । चर्चमा प्राथना गरेर फर्किरहेका ईसाई धर्मगुरूलाई पाकिस्तानमा गोली हानी हत्या गरिएको छ ।
पाकिस्तानको पेशावरमा पादरीमाथि गोली हानी हत्या गरिएको हो ।
बन्दुकधारीहरुले पादरी विलियम सिरजको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । हत्याबारे प्रहरीले अनुसन्धान शुरु गरेको भएपनि अहिलेसम्म घटनाको जिम्मेवारी कुनै पनि समूहले नलिएको बताइएको छ।




