काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेमा अमेरिका र जर्मनीले रुसी ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएका छन् ।
युक्रेनमाथि रुसले आक्रमण गर्नसक्ने अमेरिकी आंकलनका बिचमा जर्मनी र अमेरिकाले समुद्रमुनी रहेको रुसी ग्यास पाइपलाइनलाई निशाना बनाउने चेतावनी दिएका हुन् । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ताले बाल्टिक समुन्द्रमुनी रहेको नोर्ड स्ट्रिम–२ भनिने ग्याँसपाइपलाइन अघि बढ्न नसक्ने चेतावनी दिएका हुन् ।
रुसबाट बाल्टिक समुद्रमुनीबाट जर्मनीमा सिधा ग्याँस लान बिछ्याइएको पाइपलाइन अगाडि बढ्न नदिने चेतावनी दिएको विविसीले समाचार लेखेको छ ।
जर्मनीमा ग्याँस लैजान बनाइएको बाल्टिक समुन्द्रमुनीको १ हजार २ सय ३० किलोमिटर लामो उक्त पाइपलाइनले रुसलाई झन् प्रभावशाली बनाउनसक्ने अमेरिकी आशंका रहेको छ ।




