एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८७४ नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण ६ सय १४ जनाको मृत्यु भएको छ । योसँगै २ लाख ६७ हजार ७५३ जना उपचारपछि निको भएका छन् ।
मुलुकमा कुल सक्रिय सङ्क्रमित सङ्ख्या २२ लाख ३६ हजार ८४२ र सकारात्मकता दर १५ दशमलव ५२ प्रतिशत रहेको छ ।




