विश्व

युक्रेन तनावका कारण युरोपेली मुलुक सतर्क देखिए

काठमाडौं । नेटोले पूर्वी युरोपमा थप युद्धपोत र लडाकु विमान पठाउने भएको छ ।

अमेरिकाको नेतृत्वमा रहेको नेटोले युक्रेनमा हुनसक्ने सम्भावित रुसी आक्रमणको प्रतिकार गर्न थप युद्धपोत पठाउन लागेको हो ।

डेनमार्कले एउटा मध्यम आकारको अमेरिकी युद्धपोत पठाइसकेको र लिथुयानियामा एफ–१६ लडाकु विमानहरू तैनाथ गरिरहेको अन्तर्राष्टिरय समाचार संस्थाहरुले समाचार लेखेका छन् ।

त्यस्तै स्पेनले पनि बुल्गेरिया तर्फ युद्धपोतहरू पठाइरहेको समेत समाचार छ । फ्रान्सले समेत रोमानियामा फौज पठाउन तयारी अवस्थामा रहेको विविसीले समाचार लेखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *