विश्व

रुसले आक्रमण गर्ने डरले युक्रेनबाट अमेरिकी र वेलायती कुटनीतिज्ञ फिर्ता

काठमाडौं । रुसले आक्रमण गर्नसक्ने खतरा देखिएको भन्दै अमेरिका र बेलायतले युक्रेनस्थित दूतावासमा कार्यरत आफ्ना कूटनीतिज्ञ एवं कर्मचारीका आफन्तहरुलाई फिर्ता बोलाएका छन् ।

बेलायतको विदेश विभागले सोमबार युक्रेनमा रहेका आफ्ना कर्मचारी र अन्य सदस्यहरु फिर्ता बोलाइसकेको छ । त्यस्तै अमेरिकाले समेत युक्रेनको राजधानी किभमा रहेका आफ्ना कर्मचारीलाई तत्काल युक्रेन छोड्न आदेश दिएको छ ।

रुसले भने आफूले युक्रेनमाथि हमला गर्ने र कब्जा गर्ने अमेरिकी दाबी अस्वीकार गरेको छ । आफ्ना नागरिक फिर्ता बोलाएको अमेरिकाले युक्रेनमा हतियार पठाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *